अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन विस्तारलाई तिब्र दिँदै

अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन विस्तारलाई तिब्र दिँदै

धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार ३ र सोमबार २ वटा सङ्गठन निर्माण गरेको अखिल (क्रान्तिकारी) धादिङले जनाएको छ ।

अखिल (क्रान्तिकारी) ले महेश धर्म उच्च माध्यमिक विद्यालयमा सागरको अध्यक्षतामा २१ सदस्यीय, भुवनेश्वरी माविमा कक्षा ९ र १० मा अमिर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय, कक्षा ११ र १२ मा बिनयको अध्यक्षतामा २३ सदस्यीय र सोमबार मछिन्द्र बहुमुखी क्याम्पसमा कक्षा ९ र १० मा अमृतको अध्यक्षतामा २२ जना, कक्षा ११ र १२ मा महेन्द्रको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको जिल्ला अध्यक्ष अर्पणले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :