ट्रेड युनियन महासङ्घको सर्लाही/महोत्तरीको जिल्ला सम्मेल सम्पन्न

ट्रेड युनियन महासङ्घको सर्लाही/महोत्तरीको जिल्ला सम्मेल सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको संयुक्त जिल्ला सर्लाही÷महोत्तरीको जिल्ला सम्मेल सर्लाहीको बरहथवामा सम्पन्न भएको छ ।

रामप्रसाद महतोको अध्यक्षतामा प्रमुख अतिथि सर्लाही/महोत्तरी संयुक्त जिल्ला इन्चार्ज कमल सुस्लिङ ‘हिमाल’ र विशिष्ट अतिथि संयुक्त जिल्ला सेक्रेटरी जनक राउत ‘निश्चल’ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जनकपुर व्युरो संयोजक पदम मगर ‘बिहानी’ रहेका थिए ।

सम्मेलनको अध्यक्षमा रामप्रसाद महतो, उपाध्यक्षमा सर्मिला, सचिवमा कुमार राउत, कोषाध्यक्षमा बिमानबहादुर जिम्बा लगायत १५ सदस्यहरू निर्वाचित भएका छन् ।

सम्मेलनमा सम्बोधन गर्दै इन्चार्ज हिमालले मजदुर वर्ग अझैँ पनि पुँजीपतिको मारबाट उम्कन सकेको छैन यसलाई सहन सक्ने क्षमता क्रान्तिकारी मजदुरहरूको नरहेको भन्दै क्रान्तिकालागि तयार रहन अनुरोध गर्नुभएको थियो ।

यसैगरी अर्को अतिथि निश्चलले मजदुरको समस्या क्रान्तिबाट मात्रै हल हुने बताउँदै वैज्ञानिक तवरले उठाउन विप्लवले नेतृत्व गरेको एकीकृत जनक्रान्तिको मार्गमा गोलबन्ध हुनु पर्नेमा जोड दिए ।

यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै अर्को अतिथि ‘बिहानी’ ले गाउँ टोलटोलका मजदुरहरू एक भएर आफ्नो हक अधिकार खोज्नुपर्ने बताउँदै हरेक नगर तथा टोलबाट सबै मजदुर मित्रबन्धु तथा क्रान्तिकारी मजदुरहरू वैशाख १८ गते अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको राष्ट्रिय सम्मेलनमा सहभागी हुन अनुरोध गरे ।

उक्त सम्मेलनमा शर्माले स्वागत मन्तब्य राखेका थिए भने बद्री भट्टराइले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :