दलितमाथि दुर्व्यवहार गर्ने भण्डारीलाई स्थानीयद्वारा कालोमोसो र जुत्ताको माला

नवलपुर : नवलपुरमा कथित दलित जातिको नाममा दुर्व्यवहार र भेदभाव गर्नेलाई स्थानीयले कालोमोसो र जुत्ताको माला लगाएको समाचार प्राप्त भएको छ ।

आइतबार नवलपुर जिल्लाको मध्यविन्दु वडा नं. ९ मा बस्दै आएका बिष्णु भण्डारीलाई स्थानीय गाउँले जनता उठेर कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् ।

गाउँमा पटक–पटक दलित समुदायमाथि विभेद, अपमान र दुर्व्यवहार गर्दै आएको आरोपमा भण्डारीलाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएको स्थानीयले बताएका छन् ।

पछिल्लो पटक भण्डारीले नयाँ वर्षको अवसरमा आयोजित वनभोज कार्यक्रममा मध्यविन्दु ९ निवासी दिपक विश्वकर्मामाथि दुर्व्यवहार गरेको बताइएको छ । सामूहिक वनभोज कार्यक्रममा भण्डारीले “विश्वकर्मालाई किन बोलाएको ? यसले छोएको खान हुन्न” भन्दै सार्वजनिक स्थानमा दुर्व्यवहार र अपमान गरेको बताइएको छ । भण्डारीले स्थानीयमाथि कथित दलित जातिको नाममा विभेद, अपमान र दुर्व्यवहार गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :