ट्रेड युनियन महासङ्घ लमहीको भेला सम्पन्न

ट्रेड युनियन महासङ्घ लमहीको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ, लमही नगरको प्रथम भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङका संयोजक सञ्जय वलीले दलाल पुँजीवादी संसदीय व्यवस्था मजदुरविरोधी व्यवस्था भएको बताए । उनले मजदुरमारा व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ एकीकृत जनक्रान्तिको वैचारिक हतियारसहित आफ्नो पार्टी अघि बढेको पनि प्रस्ट पारे ।

कार्यक्रममा नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलले जनता ठग्ने संसद्वादीहरुका विरुद्ध सबै गरिखाने वर्ग एक ठाउँमा उभिनुपर्ने बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लमही नगर संयोजक जनक केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य मधुसूदन र साउनी चौधरी, दलित मुक्ति मोर्चाका सन्देश, युवा सङ्गठन नेपाल लमही नगर अध्यक्ष शान्ता मगर सहभागी थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गरेका थिए ।

भेलाले जनक केसीको अध्यक्षतामा १३ सदस्यीय लमही नगर समिति चयन गरेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :