नागरिक दैनिकको समाचार भ्रमपूर्ण र दुःखद् : नेकपा

नागरिक दैनिकको समाचार भ्रमपूर्ण र दुःखद् : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले सरकार र नेकपाबीच भएको सहमति लागू हुने प्रक्रियामा रहेको अवस्थामा नागरिक दैनिकले भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै दुःख व्यक्त गरेको छ ।

केन्द्रीय कार्यालयका तर्फबाट असलले आज बिहान जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नागरिक दैनिकमा लेखिएको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भई लागू हुने स्थितिमा एउटा जिम्मेवार पत्रिकामार्फत भ्रमपूर्ण समाचार आउनु दुःखद् कुरा हो ।’

असलको प्रेस नोटमा अगाडि भनिएको छ, ‘यस्ता समाचारहरूप्रति भ्रमित नहुन आग्रह गर्दछौँ । यस्ता कुराहरूप्रति सरकार पनि गम्भीर बनोस् भन्ने आग्रह गर्दछौँ ।’

स्मरणीय छ, उक्त दैनिकले ‘सहज छैन विप्लव कार्यकर्ताको रिहाइ’ शीर्षकमा सरकार र नेकपाबीचको वार्ता र सहमति कार्यान्वयनमा बाधा हाल्ने शैलीको आधारहीन र भ्रमपूर्ण समाचार प्रकाशित गरेको थियो । प्रेस नोटको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :