भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना सङ्क्रमण

भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । कोरोना भाइरस सङ्क्रमणमा भारतमा यो नयाँ रेकर्ड हो ।

पछिल्लो २४ घन्टामा भारतमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि वैशाख ४ गते शनिबार भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ३३ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सङ्क्रमितको सङ्ख्या १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ । त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १८ लाख १ हजार ५०२ रहेको बताइएको छ ।

पछिल्लो २४ घन्टामा १,४९५ जनाको मृत्यु भएसँगै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :