सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १२१ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुर्याएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको दाबी गरेको छ ।

मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाई इन्धनमा दुई रुपैयाँ मूल्य बढाएर प्रतिलिटर ७६ रुपैयाँ पुर्याइएको छ ।

निरन्तर मूल्यवृद्धि हुँदा रोजगारविहीन तथा न्यून आय भएका श्रमिकलाई चर्को मार परेको छ । मूल्य वृद्धिका कारण सुख र समृद्धि दिने सरकारी वाचा हावा खुस्किएको बेलुनजस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :