दाउन्ने बस दुर्घटनामा तीनजनाको मृत्यु

दाउन्ने बस दुर्घटनामा तीनजनाको मृत्यु

नवलपुर : पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका ५ घर भई विनयी त्रिवेणी गाउँपालिका २ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका २५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीनजनाको गएराति उपचारका क्रममा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले दिए । घाइतेहरूको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुटवलबाट नारायणगढ जाँदै गरेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :