राष्ट्रघाती एमसीसीलाई संसदमा प्रवेश नगराउन २३ दलको चेतावनी

राष्ट्रघाती एमसीसीलाई संसदमा प्रवेश नगराउन २३ दलको चेतावनी

 

 

 

 

राष्ट्रघाती एमसीसीलाई संसदमा प्रवेश नगराउन २३ दल सम्मिलित राजनीतिक संगठनहरूले चेतावनी दिएका छन् ।
२३ दलीय कार्यगत एकताको तर्फबाट सीपी गजुरेलले विज्ञप्ती जारी गर्दै देशमा संकटको स्थिति पैदा भएको मौका छोपी राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउन केही तत्वहरु पुनः सकृय भएको भन्दै उक्त राष्ट्रघाती सम्झौता खारेज हुनु पर्ने माग आफूहरुको कायमै रहेको बताएका छन् ।

कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु १.नेकपा(मशाल) २.नेकपा(क्रान्तिकारी माओवादी) ३.नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल ५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६.नेपाल कम्युनिष्ट पार्टी, ७.नेकपा(माओवादी केन्द्र), ८. नेकपा(माओवादी केन्द्र), ९राष्ट्रिय जागरण मंच १०.जन समाजवादी पार्टी ११.नेकपा(संयुक्त) १२.राष्ट्रिय जागरण परिषद, नेपाल १३.वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी १४.नेकपा(बोल्शेविक), १५.राष्ट्रवादी केन्द्र, नेपाल १६.एम् सी सी खारेज अभियान, १७.पुष्पलाल अध्ययन समाज, १८.सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी) १९.माक्र्सवादी एकता अभियान, २०.नेकपा(माक्र्सवादी), २१.नेकपा माक्र्सवादी(पुष्पलाल) २२. ने क पा (माओवादी) र २३.समाजवादी राष्ट्रिय मंच, नेपालकाे तर्फबाट सीपी गजुरेलले जारी गरिएकाे विज्ञप्ती भनिएकाे छ,–‘ विगतमा पनि त्यस किसिमका प्रयास भएका थिए र हामीले त्यसका विरुद्ध गरेको संघर्षले सार्थक भूमिका खेलेको कुरा जग जाहेरै छ । आज पुनः त्यस्तै अवस्था सिर्जना गर्ने दुस्प्रयास भैरहेको छ । उक्त राष्ट्रघाती संझौता खारेज हुनु पर्छ भन्ने हाम्रो माग कायमै छ । यो विषयलाई कुनै पनि शर्तमा संसदको कार्यसूचिमा नराखियोस् भन्ने हामी २३ दलीय कार्यगत एकतामा आवद्ध संगठनहरु जोडदार माग गर्दछौं । उक्त मागप्रति बेवास्ता गरियो भने वाध्य भएर हामी सडक संघर्षमा उत्रनै पर्ने छ । त्यो अवस्थाको सिर्जना नगर्न सरकार र संसदलाई समयमै सचेत गराएका छौँ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :