युवा संगठन नेपाल मध्यविन्दुको सम्मेलन सम्पन्न

युवा संगठन नेपाल मध्यविन्दुको सम्मेलन सम्पन्न

नवलपुरः नेपाल कम्युनिस्ट पार्टी निकट  युवा संगठन नेपाल नवलपुर अन्तर्गत मध्यविन्दुको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न सम्मेलनमा  नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला सेक्रेटरी प्रभातको प्रमुख आतिथ्य, युवा संगठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक अविनाशको विशेष आतिथ्य, दलित मुक्ति मोर्चा नवलपुरका अध्यक्ष रण बहादुर विश्वकर्मा, कुमाल राष्ट्रिय मुक्ति मोर्चा नवलपुर संयोजक नर बहादुर कुमाल, अखिल नेपाल किसान महासंघ (क्रान्त्तिकारी)  नवलपुर जिल्ला संयोजक पोस्ट बहादुर मल्लको आतिथ्य रहेको बताइएको छ ।
सम्मेलनले विपन कुमालको अध्यक्ष रहने गरि ९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :