नेपाल कम्युनस्टि पार्टी मकवानपुरको बैठक सम्पन्न

नेपाल कम्युनस्टि पार्टी मकवानपुरको बैठक सम्पन्न

 

काठमाडौँ:   नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १६ औँ पूर्ण बैठक बिहीबार हेटौँडामा बसेको छ । नारायणी व्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यता, व्युरो सदस्य प्रेमको विशेष आतिथ्यता र अन्य अतिथिहरुको उपस्थितिमा बैठक बसेको हो ।
बैठकमा सबै जिल्ला समिति सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए भने जिल्ला इन्चार्ज वाटरले रिपोर्टको जवाफसहित पार्टीको नीति सम्प्रेषण गरेका थिए ।

साथै नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता भए पश्चात विकसित भएको परिस्थिति लगायतका विषयमा उनले स्पष्ट पारेका थिए ।
त्यस्तैगरी वैशाख १५ देखि १७ गतेसम्म हुन लागेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सफल पार्न कार्य विभाजन गरी पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न समेत अनुरोध गरेका छन् । यसरी जिल्ला सेक्रेटरी सुर्य अर्यालको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णयका साथ समापन भएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :