प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर

प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर

मकवानपुर:   नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका विकृति, विसङ्गती र प्राकृतिक स्रोतसाधन माथिको दोहन रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

नेकपा मकवानपुरका सेक्रेटरी उदिपले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजमा बढिरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, घुसखोरी, कमिसन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अवैध रुपमा गरिएको प्राकृतिक स्रोतसाधन माथिको दोहन, गिट्टी बालुवा उत्खनन् लगायतका कार्यहरु तत्काल बन्द गरी जनतालाई दुःख नदिन भनेका छन् ।

साथै विज्ञप्तिमा निजी स्वार्थलाई पूरा गर्न विभिन्न किसिमका विकृति, विसंगती फैलाउँदै समाजलाई अधोगतितिर धकेल्ने कार्यमा केही दलाल पुँजीवादी सोच भएका तत्वहरू सक्रिय रहेको हुँदा त्यसबाट सचेत भई समयमै पार्टीलाई जानकारी गराउन आम मकवानपुरबासीलाई अनुरोध समेत गरेका छन् । विज्ञप्तिमा भ्रस्ट्राचार, कालोबजारी, महंगीका साथै अवैध रुपमा गरिएको प्राकृतिक स्रोतसाधन माथिको दोहन तत्काल रोक्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :