युवा संगठन नेपाल अछामद्वारा शुभकामना कार्यक्रम

युवा संगठन नेपाल अछामद्वारा शुभकामना कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल अछामले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल अछामका अध्यक्ष शेरबहादुर साउद ‘शुसिल’ले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा अछामका सचिव निरक शाहि थिए भने अतिथिमा अखिल क्रान्तिकारी अछाम र बाजुरा जिल्ला इन्चार्ज रमेश बिसी, पार्टी जिल्ला समिति सदस्य तिलक बिष्ट अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, बुद्धजिवी, पत्रकार व्यापारी लगायतको उपस्थिति थियो । बुधबार सम्पन्न कार्यक्रमको संचालन युवा संगठन अछामका सचिव कुमार क्षेत्री र स्वागत मन्तव्य लोकेश कुमार बयकले थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :