आस्थाका बन्दीहरुले बाजुरा कारागार भित्र गरे श्रद्धाञ्जली सभा

आस्थाका बन्दीहरुले बाजुरा कारागार भित्र गरे श्रद्धाञ्जली सभा

काठमाडौँ:   बाजुरा कारागारभित्र रहेका आस्थाका बन्दीहरूले अम्मलाल थापाका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक कार्यक्रम गरेका छन् । बाजुरा कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा संगठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापा ‘आशिष’का बुबा धनलाल थापाको निधन भएको तेह्राँै दिनको अवसरमा उनीहरूले श्रद्धाञ्जली कार्यक्रम गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले थापाका बुबाको निधनले आफुहरूलाई निकै मर्माहत बनाएको बताए । उनले भने– ‘अम्मलाल कमरेडको बुबाको निधनले हामीलाई दुःखी बनाएको छ, आम श्रमजीवीहरूका आवाज उठाउँदा उठाउँदै अम्मलाल करिब डेढ बर्षदेखि बन्दी जीवन बिताईरहनु भएको छ, तर आफ्नो बुबाको मुख पनि देख्न पाउनुभएन, राज्यले हामी माथि झुट्टा मुद्दा थोपरिदियो, यो भन्दा ठुलो अन्याय के हुनसक्छ ?’

नेता आदर्शले अम्मलाल सहित उनको परिवार, आफन्तहरुमा यस दुःखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस भन्ने कामना समेत गरेका थिए । साथै उनले बुधबार नै परेको नयाँ वर्षको अबसरमा कैदीबन्दी, नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई नयाँ बर्षको शुभकामना समेत व्यक्त गरेका छन् । देशै भरिका कारागारमध्ये बाजुरा कारागारका बन्दीहरु एक भएकै कारण कारागारमा धेरै परिवर्तन आएको उनले बताए ।

नेकपाका नेता आदर्शले विश्वभरिका क्रान्तिकारी कम्युनिष्टहरुको एजेन्डा जनतालाई राम्रोसंँग बुझाउन आवश्यक रहेको बताए । उनले भने– ‘अहिले केहि देशबाहेक विश्वमा १÷२ जना व्यक्तिले मात्र सत्ता संचालन गरेका छन्, अब त्यसको विकल्पमा आम जनतालाई सत्ताको साँचो सुम्पिन बैज्ञानिक समाजवादमा जानुको विकल्प छैन्, अब जनतालाई एकपटक निर्णय गर्ने अधिकार दिनुपर्छ ।’

कार्यक्रममा अर्को प्रसङ्गमा बोल्दै नेता आदर्शले कारागार भित्रैबाट पुर्व मेचीदेखि पशिचम महाकालीसम्म जोडिन लागेको राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी लोकमार्गमा लापरबाही भएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मदनभण्डारी लोकमार्ग रोल्पा लिवाङ–जिनाबाङ हुँदै सल्यानको मोख्ला जोडिने भनेर रातो कितावमा छापिएको र सोहीअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने– ‘रोल्पाको जिनाबाङबाट सिधै सल्यानको मोख्ला पुया¥उनुपर्नेमा ६० किलोमिटर बङ्गाएर उत्तरतिरबाट फिजिविलिटी सर्वे गरिएको रिपोर्ट पठाईएछ, यसमा जनतामाथि अन्याय गरिएको छ।’ रोल्पाको लिवाङदेखि जिनाबाङसम्म ७१ किलोमिटर बाटो डिटेल सर्भे गरिएको र जिनाबाङबाट सल्यानको मोख्लासम्म १९ किलोमिटर मात्र रहेको छ । तर उत्तरतिरबाट बाटो लैजादा ६० किलोमिटर अन्तर बनाएको आर्दशले भनाई छ ।

उनले भने–‘प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार मन्त्रालय, सडक बिभाग, सांसद र नेताहरुको काम के हो ? त्यत्रो ठुलो राष्ट्रिय महत्वको योजनामा लापरबाही किन भयो ? यसमा सम्बन्धीत निकाय किन मौन छ ? यसको जवाफ चाहियो।’ उनले राष्ट्रीय गौरवका आयोजनामा लापरबाही भएकाले त्यस्ता गम्भीर लापरबाही गर्नेमाथि छानविन गरि आवश्यक कारवाही गर्न आग्रह गरेका छन् । उनले यस विषयमा सम्बन्धित निकायको समयमै ध्यान नजाने हो भने पुर्वदेखि पश्चिम महाकालीसम्मका जनतालाई आघात पुग्ने र जनता सेवा सुबिधाबाट बन्चित हुने बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा लापरबाही हुनु दुःखको कुरा भएको भन्दै समयमै सच्याउन आग्रहसमेत गरे ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन गोरखराज गिरीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता अम्मलाल थापा ‘आशिष’ले गरेका थिए । यस्तै अथितिहरु लक्ष्मण रावल, निरप रावल, ओपेन्द्र सिंह रहेका थिए भने स्वागत मन्तव्य डम्बर सुनार ‘पहाड’ले गरेका थिए । कार्यक्रमको समापन अम्मलाल थापा ‘आशिष’ ले गरेका थिए । बक्ताहरु डबल नेपाली ’दमन’, राजेश कुमार शाही ‘आकाश’, कृष्ण बिक ‘सुर्य’, नरेश शाही ‘शिशिर’, उदय कसेरा ‘उदय’ धर्मराज सुनार ‘धिरेन्द्र’ र धर्म बहादुर थापा ‘धनुषा’ रहेका थिए । कार्यक्रममा बोल्ने सबै बक्ताले थापाको निधनमा दुःख परेका उहाँको परिवार, आफन्तहरूमा दुःखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस भन्ने कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :