एकल महिलाको घर निर्माण गर्दै नेकपा

एकल महिलाको घर निर्माण गर्दै नेकपा

कैलाली :  २०७७ सालको अन्तिम दिन मानिसहरू नयाँ वर्षको किनमेलको चटारोमा छन् । केही मानिस नयाँ वर्ष कसरी मनाउने, कहाँ घुम्न जानेजस्ता योजना बनाइरहेका छन् । नयाँ वर्ष कसरी रमाइलो बनाउने भनेर योजना बनाइरहेका मान्छेहरूको भीडमा रातो टिसर्ट लगाएका केही मान्छे भने हातमा हथौँडा, किलाकाँटी र केही औजार लिएर गोदावरी नगरपालिका, वडा नम्बर ९ मा बस्ने एकल महिलाको घरमा आइपुग्छन् । उनीहरू त्यहाँ नयाँ वर्ष मनाउन वा पिकनिक खान आएका मान्छे होइनन् । उनीहरू त त्यहाँ बस्ने एकल महिला विष्णुदेवी ऐरको घर निर्माणमा सहयोग गर्न आएका नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हुन् ।

श्रीमान्को मृत्यु भएपछि बेसहारा बनेकी विष्णु जसको ओत लाग्न आफ्नो घरसमेत थिएन । तिनै महिलाको घर निर्माण गरिदिन नेकपा गोदावरीका नेता कार्यकर्ताको समूहले निर्माण गर्न सहयोग गरेको हो । एकल महिला, जसको सहारासमेत कोही नभएको जानकारी पाएपछि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आएर घर निर्माणकार्यमा सहयोग गरेको नेकपा गोदावरी इन्चार्ज अविनासले बताए ।

सर्वहारा, गरिब र दीनदुःखीलाई सहारा आफ्नो पार्टीले दिने भन्दै उनले जनताको सेवामा आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताए । जसको कोही छैन, उसको पक्षमा नेकपा भएको उनको भनाइ थियो । पार्टीको सानो सहयोगले पनि जनताको जीवनमा ठूलो राहत हुन सक्छ भनेर नै आफूहरूले सक्ने सहयोग गर्ने उनको भनाइ थियो । आफन्त कोही नभएको र ज्याला दिएर काम लगाउने आर्थिक अवस्था नभएपछि आफूलाई गाह्रो परेको बेला नेकपाले सहयोग गरेको भन्दै उनले आभार प्रकट गरिन् । उनको घर निर्माणमा नेकपाका १२ जना कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :