ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

कपिलवस्तु: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, कपिलवस्तुको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सञ्जय थारु, सचिवमा आशाराम थारु, सहसचिवमा श्यामसुन्दर थारु र कोषाध्यक्षमा सीता परियारलाई निर्वाचित गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर इन्चार्ज ध्रुवले दलाल पुँजीवादी सत्ताले मजदुर वर्गमाथि शोषण जारी राखेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै मजदुर वर्गको मुक्ति हुने बताए । सम्मेलनमा नेकपा कपिलवस्तु सेक्रेटरी शेरमान र नेकपा रूपन्देही सेक्रेटरी विदुरले मजदुर वर्गको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य श्याम सेन्चुरी र युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले मजदुर वर्गको अवस्था र मुक्तिको विषयमा बोलेका थिए । दिनेश थारुको अध्यक्षता, आशाराम थारुको स्वागत र सन्देशको सञ्चालनमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :