अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

काठमाडौँ:  अखिल (क्रान्तिकारी) धादिङको पाँचौँ पुर्ण बैठक सोमबार धुनिबेशीमा सम्पन्न भएको छ । क्रान्तिकारीका धादिङ संयोजक अर्पणको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा धादिङका जिल्ला इञ्चार्ज सुमन र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य मिलन राई विशेष अतिथि थिए ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २४ औँ जिल्ला सम्मेलन र आसन्न २२ औँ राष्ट्रिय सम्मेलनको तयारी स्वरुप भित्तेलेखनलाई पनि तिव्र बनाएको नेकपा धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :