नेकपा गोरखा नगरपालिकाको भेला सम्पन्न

नेकपा गोरखा नगरपालिकाको भेला सम्पन्न

काठमाडौँ:  नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । मंगलबार गोरखा नगरपालिका १० स्थित सहिद स्मृति भवनमा सम्पन्न भएको भेलाले केशवराज भट्टराईको नेतृत्व १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला इन्चार्ज तथा भेलाका प्रमुख अतिथि कपिल भट्टले महिला, युवा, दलित र जनजाती, विद्यार्थी लगायत सम्पूर्णको समस्या समाधान गर्न अहिलेको संसदीय व्यवस्थाले नसक्ने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य बनेको बताए । उनले जनताले क्रान्तिलाई साथ दिए क्रान्तिले जनता र देशलाई सफल बनाउने समेत बताए ।


भेलामा नेकपा मनाङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, नेकपा गोरखा जिल्ला सेक्रेटरी सरल, अखिल(क्रान्तिकारी) गण्डक व्युरो संयोजक अटल, मजदुर संगठनकी गण्डक व्युरो संयोजक माया चेपाङ, युवा संगठन नेपाल, गोरखाका जिल्ला अध्यक्ष डम्बर चेपाङ, महिला संघकी गोरखा अध्यक्ष निता चेपाङ, दलित मुक्ति मोर्चाका गोरखा संयोजक चिनकाजी रसाइली अतिथि रहनु भएको थियो ।

नेकपा जिल्ला सदस्य केशव राज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको भेलाको कार्यक्रम संचालन असले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :