अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

अखिल (क्रान्तिकारी) द्वारा कञ्चनपुरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ : अखिल (क्रान्तिकारी) कञ्चनपुरको आयोजनामा नव वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । मंगलबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै अब सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल, सबै न्यायप्रेमी बुद्धिजीवी विश्लेषक अधिकारकर्मी विद्यार्थी लगायत सबैको अबको कार्यभार भनेको वैज्ञानिक समाजवाद भएको बताएका छन ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती–महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाह, सेती–महाकाली स्वास्थ्य विभाग प्रमुख राम भट्ट, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य शंकर महरा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ओम प्रकाश जोशी, बिसु साँस्कृतिक टीम लगायत अन्य विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सचिव भरत बिकले सञ्चालन गरेको कार्यक्रम जिल्ला संयोजक ललित एसकेले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :