अखिल क्रान्तिकारी अछामद्वारा शुभकामना आदानप्रदान

अखिल क्रान्तिकारी अछामद्वारा शुभकामना आदानप्रदान

अछाम : अखिल क्रान्तिकारी जिल्ला समिति अछामले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको श्री कालिकेश्वरी माध्यमिक विद्यालय तुर्माखादमा नव वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

अखिल क्रान्तिकारी अछामका अध्यक्ष दीपेन्द्र जैगडीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी अछामका सचिव निरक शाही थिए भने अन्य अतिथिमा अखिल क्रान्तिकारीका अछाम र बाजुरा इन्चार्ज रमेश बिसी, बान्निगडी जयगढ र मेल्लेख गाउँपालिका इन्चार्ज तिलक बिष्ट, युवा सङ्गठन नेपाल अछामका जिल्ला कोषाध्यक्ष लोकेस कुमार बयक, कालिकेश्वरी विद्यालयका प्रअ मनिराम बुढा लगायत रहेका थिए ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि शाहीले २०७८ साल जनताको अधिकार प्राप्तिको निर्णायक वर्ष बनाउन अनुरोध गरेका थिए । कोरोना सङ्क्रमणले जनजीवन तहसनहस बनेको भन्दै नयाँ वर्षले सुख, शान्ति, समृद्धिसँगै वैज्ञानिक समाजवाद स्थापनाको वर्ष बनोस भन्दै शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :