अखिल (क्रान्तिकारी) काठमाडौँ महानगरको इकाई सम्मेलन

अखिल (क्रान्तिकारी) काठमाडौँ महानगरको इकाई सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिको प्रथम इकाई सम्मेलनमार्फत हस्त विकको नेतृत्वमा १९ सदस्यीय मुल इकाई कमिटी निर्वाचित भएको छ । सम्मेलनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन चन्द र विशेष अतिथि नेकपा काठमाडौँ तथा महानगर इन्चार्ज सौगात रहेका थिए ।

सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष गोबिन्द बिष्ट पार्टीका महानगर सेक्रेटरी रोमिक, नेकपा काठमाडौँ जिल्ला सदस्य विश्वप्रकाश र युवा सङ्गठन नेपालका महानगर संयोजक कृश अर्यालले शुभकामना मन्तब्य राखेका थिए ।

सङ्गठनका महानगर संयोजक धनराज विकको अध्यक्षता र हस्त विकको स्वागत मन्तब्यबाट सुरु भएको सम्मेलनको सञ्चालन पुर्णचन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :