सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले बैशाख १६ जिल्ला हुने जिल्ला सम्मेलनको तयारी भव्य रुपमा गरेको बताएको छ । सम्मेलनको तयारी स्वरुप साङ्गठनिक अभियान र नगर भेला तथा सम्मेलनहरु गर्ने तयारी गरेको युवा सङ्गठनले भित्तेलेखन अभियानलाई निरन्तरता दिएको छ ।

सम्मेलनको तयारी अभियान अन्तर्गत आइतबार जिल्लाको राजमार्ग तथा प्रतिक्षालय, सार्वजनिक ठाउँहरूमा रातो अक्षरले एकीकृत जनक्रान्ति जिन्दावाद, वीर सहिदहरू लाल सलाम, दलाल संसदीय व्यवस्था खारेज गर, वैज्ञानिक समाजवादी व्यवस्था लागू गर, दलाल पुँजीवादी संसदीय व्यवस्था विरुद्ध सशक्त युवा आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि दोस्रो नवलपुर जिल्ला सम्मेलन लगायतका नाराहरू लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :