दुःखमा सहयोग गरेको भन्दै आँसु बगाईन् दुर्गा आउजी

दुःखमा सहयोग गरेको भन्दै आँसु बगाईन् दुर्गा आउजी

धनगढी : नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर समितिले बेसाहरा महिलालाई सहयोग गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ कि दुर्गा आउजीलाई खाद्यान्न र नगद सहयोग गरेको हो ।

श्रीमान समेत नभएकी दुर्गाको एक मात्र साहाराका रूपमा रहेको छोरा भुमि आउजी पनि होलीमा मृत्यु भएपछि क्रिया खर्च जुटाउन र साँझ बिहान छाक टार्न समेत अप्ठ्यारो परिरहेको परिवारलाई थोरै भए पनि केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको नेकपा गोदावरी नगर इन्चार्ज अविनाशले बताए । साहाराका रूपमा रहेको छोराको समेत मृत्यु भएपछि आफ्नो परिवार बिचल्लीमा परेको, छाक टार्ने उपायसमेत नभएपछि रूदै बसेकी दुर्गा आउजीले बताइन् । पार्टीले दुःखमा सहयोग गरेको भन्दै उनले आँसु बगाइन् । केही नेताहरू चुनावमा भोट माग्न मात्र आउने गरेकोप्रति आक्रोशित हुँदै पार्टीले गरेको सहयोगले आफूलाई ठुलो राहत भएको उनको भनाई छ ।

नगर इन्चार्ज अविनाशले आफ्नो पार्टी गरीब सर्वहाराको लागि संघर्षमा रहेको भन्दै गरीब दुःखीको दुःखमा मलमपट्टी लगाउने बताए । आफ्नो पार्टी जनताको पार्टी भएको र जनताको सुख दुःखमा साथ दिने उनले दाबी गरे । जसको कोही छैन उसको साथमा नेपाल कम्युनिस्ट पार्टी रहेको र यस्तो दुःख कसैलाई नपरोस् भन्ने उद्देश्य लिएर आफूहरू वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :