चितवनमा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ११ घाइते

चितवनमा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ११ घाइते

चितवन : ट्याक्टर दुर्घटना हुँदा चितवनमा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्याक्टर दुर्घटनामा ५ जना मजदुरको मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजे मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १९ जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा मृत्यु हुने मजदुरहरूमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो, राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् र एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका हुन् ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था भने सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :