अखिल (क्रान्तिकारी) नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

नवलपुर : अखिल (क्रान्तिकारी) नवलपुरको १८ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्रीराम बस्यालको अध्यक्षतामा १७ सदस्यीय जील्ला कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न सम्मेलनमा अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहं प्रमुख अतिथि थिए । यस्तै क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, केन्द्रीय सदस्य तथा लुम्बिनी व्युराे संयाेजक विरेन्द्र विक, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रणबहादुर विक, कुमाल मुक्ति मोर्चाका नरबहादुर कुमाल र मगर मुक्ति मोर्चाका नेता केशबहादुर आले अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :