पाटन संयुक्त क्याम्पसको सम्मेलन सम्पन्न

पाटन संयुक्त क्याम्पसको सम्मेलन सम्पन्न

काठमाडौँ : अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अन्तर्गत पाटन संयुक्त क्याम्पसको नवौँ इकाई सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनले जनक शाहीको अध्यक्षतामा १९ सदस्यीय मुल इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्ष प्रेरणा बुढा, सचिव खगेन्द्र मल्ल, सह–सचिव प्रदिप मल्ल र कोषाध्यक्षमा लक्ष्मण तिमिल्सेना निर्वाचित भएका छन् ।

सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज मदन चन्दले अहिलेको शिक्षा प्रणालीमा भएको नीजिकरण र व्यापारीकरणको अन्त्य गर्दै शिक्षा प्रणालीमा सुदृढ गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अथिति ललितपुर जिल्ला पार्टी सचिव रुपसिंह बोहरा र क्रान्तिकारीका ललितपुर जिल्ला उपाध्यक्ष निगम भण्डारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :