नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

डोटी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् ।

अध्ययनरत ४६८ जना विद्यार्थी विद्यालयमा सहिद, गरिब, बिपन्न, लोपोन्मुख जातीका बालबालिका पठनपाठन् गराइँदै आएको प्रधानाध्यापक पर्मानन्द जोशीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा लेखराज भट्ट, कुन्ति जोशी लगायतका सांसदहरु भए पनि विद्यालय व्यवस्थापनको पाटो भने निकै कमजोर देखिएको छ । विद्यार्थी सङ्ख्याको आधारमा भौतिक संरचना निकै कम रहेको, आवासीय विद्यालय भएका कारण एउटै कोठामा धेरै विद्यार्थी राख्नु परेको, खेल मैदान अभाव रहेकोले व्यवस्थापन गर्न निकै कठिनाई भइरहेको विद्यालयका प्रधानाध्यापक जोशीले नेता पुनसँग गुनासो गरेका छन् ।

व्यवस्थापन समितिमा रहेका मन्त्री र सांसदहरूले विद्यालयको विकास र व्यवस्थापनमा ध्यान नदिएको खुल्नमा आएको छ । कुनै सानो निर्णय गर्नुपर्दा पनि समिति सदस्यहरूको घरघर धाउँनुपर्ने बाध्यता रहेको, समयमा प्रकृया आगाडि बढाउन निकै समय लाग्ने गरेका कारण निकै बिलम्ब हुने अनावश्यक सास्ती खेप्नुपरेको प्रधानाध्यापक जोशीले बताएका छ्न् ।

नेता पुनले विद्यार्थीहरूले खेप्नु परेको अभाव र समस्या समाधानका लागि पार्टीका तर्फबाट पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :