दैलेखको दुल्लुमा नेकपाको जनसभा

दैलेखको दुल्लुमा नेकपाको जनसभा

दुल्लु : नेपाल कम्युनिस्ट पार्टी दैलेखले शुक्रबार दुल्लु नगरपालिकाको मालिकामा जनसभा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्तालाई रिहाई गर्न र सम्पूर्ण झुठा मुद्दा खारेज गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।

जिल्ला सेक्रेटरी दीपलामा, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुद्रसन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेखका अध्यक्ष उशा र जिल्ला कमिटी सदस्य संघर्ष अतिथि रहेका थिए । दुर्गा शाहीले अध्यक्षता गरेको कार्यक्रमलाई क्रान्तिले सञ्चालन गरेका थिए भने स्वागत भाषण दुर्लभले गरेका थिए ।

उक्त कार्यक्रममा ज्वाला सहिद स्मृति परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :