भारतमा १ करोड ३० लाख ७५ हजार सङ्क्रमित, १ लाख ६७ हजारको मृत्यु

भारतमा कोरोना सङ्क्रमणको नयाँ रेकर्ड

भारतमा १ करोड ३० लाख ७५ हजार सङ्क्रमित, १ लाख ६७ हजारको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ३० लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड १९ लाख १० हजार ७४१ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८०२ जनाको मृत्यु भएसँगै भारतमा मृतकको सङ्ख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । त्यस्तै भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :