अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

पाल्पा : अखिल (क्रान्तिकारी) पाल्पाले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक रुपमा अगाडि बढाएको छ । क्रान्तिकारीले केही हप्ता अगाडिबाट जिल्लाको मुख्य शहर र सदरमुकामहरूका कलेजहरूमा संगठन निर्माण व्यापक रुपमा गरेको हो । यसैबीच बिहीबार एकै दिन ८ वटा संगठन निर्माण गरेर १०० जनालाई सङ्गठित गरेको क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीले त्रिभुवन बहुमुखी क्याम्पस बी.एड. प्रथम वर्ष ‘ए’ मा कल्पना तिमिल्सिनाको अध्यक्षतामा १९ सदस्यीय, बी.एड. प्रथम वर्ष ‘बी’ मा निलकुमारी सिन्जालीको अध्यक्षतामा ९ सदस्य, महेन्द्र बोधी मावि कक्षा ९ र १० मा रोहन सार्कीको अध्यक्षतामा १९ सदस्य समिति, कक्षा ११ मा सोनम मदेसियाको अध्यक्षतामा ११ सदस्यीय समिति र कक्षा १२ मा बिजु दंगालको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको छ ।

यस्तै पदमदोय मावि कक्षा ९ र १० मा अमन बर्माको अध्यक्षतामा १३ सदस्य समिति, कक्षा ११ र १२ मा राधिका बस्यालको अध्यक्षतामा ९ सदस्य कमिटी र मोहन कन्या माविमा सुसिला गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको संगठनका जिल्ला अध्यक्ष लंक रानाले बताए ।

अखिल (क्रान्तिकारी) पाल्पाले यहीँ चैत ३१ गते जिल्ला सम्मेलन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :