पुँजीवादको सङ्कट र समाधान

पुँजीवादको सङ्कट र समाधान

“असम्भव भन्ने शब्द पट्मूर्खहरूको दस्तावेजमा मात्र हुन्छ, बहादुरहरूको होइन ।”

– नेपोलियन बोनापार्ट

हामी नेपालीहरू भनेको बहादुरहरू हौँ । देशभक्त र क्रान्तिकारी हौँ । यतिखेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी २ वर्ष लामो कठिन प्रतिबन्ध खेपेर खुल्ला राजनीतिमा आएको छ । समय बलवान् छ । यसका विभिन्न आयामहरू हुने गर्दछन् । दलाल पुँजीवादी संसदीय व्यवस्था नमान्ने तर शान्तिपूर्ण राजनीतिद्वारा जनता प्रत्यक्ष जीवनमा प्रभाव पार्ने गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र सूचना सञ्चारजस्ता समस्या आजका मितिसम्म ज्यूँकात्यूँ रहेका छन् । यसलाई शान्तिपूर्ण तरिकाले हल हुन्छ भने ठीक छ नि त ! भनेर वार्ता र संवादको माध्यमद्वारा वार्ताको टेबलमा बसेर हल गर्न खोजिएको छ ।

हामीलाई विश्वास छ कि यी जनताका आधार भुत समस्या यो राज्यले सम्बोधन गर्नेछ । अर्को शब्दमा हामीलाई शंका पनि छ किनकि परिवर्तनका हरप्रहरमा पुँजीवादी व्यवस्थाका मालिकहरूले विगत २००७ साल, २०४६ साल, २०५२ देखि ०६२/०६३ को जनआन्दोलनमाथि प्रहार गरेको छ, कुठाराघात गरेको छ, धोका दिएको छ । त्यसैले अगुल्टोले हानेको जनता बिजुलीबाट तर्केका छन् । नेपाली राजनीतिको प्रमुख समस्या भनेकै परनिर्भर राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था के हुने र नहुने ? भन्ने विषय न त नेपाली संसदीय राजनीतिज्ञको छ, न त नेपाली जनताको हातमा छ । बरू त्यसको उल्टो वैदेशिक मालिकहरूको हातमा त्यो अधिकार सुम्पेका छन् । विदेशीले जे चाह्यो त्यो नेपालमा लागु गर्न नेपालका दलाल राजनीतिज्ञले आफ्नो कर्तव्य सम्झन्छन् र संसदीय दलहरू वैदेशिक साम्राज्यवादका कठपुतली दलालको रूपमा देखिने अनुहार हुँदै आएका छन् । कसलाई सत्तामा ल्याउने र कसलाई फाल्ने ? भन्ने कुरा पनि विदेशी प्रभुकै हातमा हुने भएकोले उनीहरू इमानदार डिउटी निभाउँछन् ।

अब तपाईं नै भन्नुस् कि माथि उल्लिखित भनाइले देश बलियो बनाउने वा जनता धनी बनाउनको नाममा यी दलालहरूलाई राजा महाराजा रोज्ने वा विदेशी दलालहरूलाई मोटाउने ? भन्ने कुरा यो परिस्थितिमा नेपाली जनताको हातमा समयले दिएको छ । त्यसैले आफ्नो भविष्यको फैसला आफैँ गर्ने बेला आएको छ । हामीले भाग्यको होइन, कर्मको फल खानुपर्छ ।

नेपालको संविधानभन्दामाथि साम्राज्यवादको शासन छ भन्दा फरक पर्दैन । त्यसले हामीले भनेका छौँ कि जबसम्म दलाल पुँजीवादी व्यवस्था चलिरहन्छ । यी अनगिन्ती हस्तक्षेपबाट नेपाल देश, नेपाली जनता मुक्ति हुने आधारहरू छैनन् । यी व्यवस्थाका बेवकूफहरू जनताको आँखामा छारो हाल्न भ्रमको खेती गर्दै भन्छन् । उनीहरू जनता धनी भए देश त्यसै धनी बन्छ भन्ने तर्क अगाडि सार्छन् । जो एकदमै भ्रामक कुरा हो । यो व्यवस्थामा दलाली चाकडी गर्नु, लुट्नु र आफ्नो शक्ति संचय गर्नुबाहेक अर्को केही होइन । मुख्य कुरा त देश बलियो भए जनता धनी बन्छन् । यो सत्य कुरा हो ।

उदाहरणका लागि समाजवादोन्मुख राष्ट्र र पुँजीवादी राष्ट्रको परीक्षा कोभिड १९ ले लिएको छ, जसको परिणाम बारम्बार पुँजीवादीकै संचार मिडियाले नै गरिरहेका छन् । पुँजीवाद कति निर्मम हुन्छ भन्ने कुराको सावित कोरोनाले देखाइदिएको छ भने समाजवादोन्मुख राष्ट्रहरू कति अनुशासित छन् ? भन्ने कुरा प्रमाणित भएको छ । पुँजीवाद फेल र समाजवादोन्मुख समाज पास भएका छन् । त्यसैले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा हाम्रो देश नेपाललाई लैजाने एजेन्डा पेश गरेको छ, जसको कार्यान्वयनका लागि हाम्रो पार्टी जनताको माझ हुर्किरहेको छ र नेतृत्व गरिरहेको छ । पुँजीवादी रणनीति ‘फुटाऊ र राज गर, कमाऊ र मोज गर’ भन्ने भ्रम दिँदै ‘घेराउ गर, सखाप पार’ को रणनीतिमा छ हो भने हाम्रो पार्टीको रणनीति ‘नफुट, एकजुट होऔँ’ र ‘देशलाई बलियो बनाऊँ, छलछाम र षड्यन्त्र नगर’ भनिरहेको छ ।

अब तपाईं नै भन्नुस् कि माथि उल्लिखित भनाइले देश बलियो बनाउने वा जनता धनी बनाउनको नाममा यी दलालहरूलाई राजा महाराजा रोज्ने वा विदेशी दलालहरूलाई मोटाउने ? भन्ने कुरा यो परिस्थितिमा नेपाली जनताको हातमा समयले दिएको छ । त्यसैले आफ्नो भविष्यको फैसला आफैँ गर्ने बेला आएको छ । हामीले भाग्यको होइन, कर्मको फल खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :