रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले माडीमा राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेकपाका रोल्पा इन्चार्ज दिनेशबिक्रम चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान इन्चार्ज सन्तोष सुवेदी बिशिस्ट अतिथि र सेक्रेटरी शोभाराम राना अतिथि थिए । उनीहरूले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।

बिहीबार सम्पन्न उक्त कार्यक्रमबाट माडी गाउँ समितिमा दुई वटा ७/७ जनाको एकीकृत जनदिशा अभियान टोली गठन गरिएको छ । प्रशिक्षणले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :