कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

माल्कोट : नेपाली जनयुद्धको इतिहासमा विरता, बलिदान र साहसका अनेकौँ कृतिमान छन् । ती मध्ये कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ हो । सोही दिनलाई नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको छ ।

यसपटक अनेम संघ (क्रान्तिकारी) केन्द्रीय समितिले कालीकोटको माल्कोट बिथलडाँडामा निशस्त्र महिलाले सशस्त्र प्रहरीको राईफल खोसेर पार्टीलाई बुझाएको २४ औँ प्रतिरोध दिवसको दिन एक कार्यक्रम गर्यो । कार्यक्रममा महिला संघ (क्रान्तिकरी) ले ८५ वर्षीय प्याउकला विकसहित ६ जना महिलालाई एक/एक कोरियन कम्मल, १/१ सल र प्रशंसा पत्रले सम्मान् गर्यो ।

आज भन्दा २६ वर्ष अघि सशस्त्र प्रहरीका राइफल खोसेर जनमुक्ति सेनालाई बुझाउँने महिलाहरूलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बन्दु चन्दले सम्मान् गरिन् । ति साहसी महिलाहरूलाई उच्च सम्मान् गर्दै अध्यक्ष चन्दले भनिन्, ‘जुन सपना बोकेर हजारौँ सहिद बने, घाइते भए र वेपत्ता भए त्यो सपना प्रचण्डका कारण पूरा हुन सकेन । अब हाम्रो पार्टी नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत अधुरा सपनाहरू पूरा गर्नेछ ।’

बिहीबार आयोजित उक्त सम्मान् कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य एटम बिसीले संसदीय व्यवस्था असफल भइसकेकोले वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।

कार्यक्रममा पुर्व सभासद एवम् अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष धिरिन्द्रा उपाध्याय, नेकपाका व्युरो सदस्य विराट, जिल्ला इन्चार्ज रणदिप, जिल्ला सेक्रेटरी साहसी लगायत उपस्थित थिए । कार्यक्रमको अध्यक्षता अनेमसंघ (क्रान्तिकारी) की व्युरो संयोजक शान्ति विकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :