महासङ्घको चुनावमा जनपत्रकार संगठनको प्रतिनिधित्व सुनिश्चित

महासङ्घको चुनावमा जनपत्रकार संगठनको प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ : नेपाल पत्रकार महासंघको यहि चैत्र २५ गते बुधबार सम्पन्न निर्वाचनमा जनपत्रकार संगठन नेपालले विभिन्न जिल्लाहरूमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

केन्द्र, प्रदेश र जिल्ला समितिका लागि प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सम्पन्न निर्वाचनको मतपरिणाम गणनासंँगै अहिलेसम्म अर्घाखाँची जिल्ला शाखाको सहसचिवमा अनिल नेपाली, कालीकोट शाखामा जगदिशनाथ योगी ‘राजकुमार’, प्रदेश परिषद सदस्यका लागि कर्ण विश्वकर्मा सर्वसम्मत निर्वाचित भैसकेका छन् ।

प्युठान जिल्लाबाट एचपी मगर जनजाति कोटाबाट जिल्ला सदस्य निर्विरोध निर्वाचित भैसकेका छन्  भने पूर्वको ताप्लेजुङबाट प्रिसा बस्नेत र सुर्य लिम्बु ‘आलोक’, ललितपुर जिल्ला शाखाको निर्वाचनमा विनोद श्रेष्ठ जिल्ला सदस्यमा निर्वाचित भैसकेका छन् ।

यसैगरी केन्द्रीय परिषद सदस्यका लागि सल्यानबाट योगराज विश्वकर्मा निर्वाचित भएका छन् । यस्तै प्रतिष्ठान प्रदेश मिर्मिरे शाखाबाट जितेन्द्र महर्जन र दिपेश शाही जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

प्रगतिशिल, समाजवादी प्यानलसँग गठबन्धन गरी निर्वाचनमा सहभागिता जनाएको जनप्रत्रकार संगठन नेपालको तर्फबाट केन्द्रीय महिला उपाध्यक्ष दाना के.सी, कर्णाली प्रदेशबाट बसन्त विश्वकर्मा र काठमाडौँ जिल्लाको अध्यक्षका प्रत्यासी मोहन पन्तको मतपरिणाम भने आउन बाँकी रहेको जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले जानकारी दिइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :