दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ । यसैबीच नेकपाले भगवतीमाई गाउँपालिकाको बेसतडा बजारमा जनसभा सम्पन्न गरेको छ ।

जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले सरकारले सहमति अनुसार आफ्नो पार्टीका नेताकार्यकर्ता रिहाईमा बिलम्व गरेकोले तत्काल रिहाईको माग गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा र बिश्वले मन्तव्य राखेका थिए । क्रान्तिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संर्घषले गरेका थिए भने स्वागत मन्तव्य सन्दीपले राखेका थिए । कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :