वेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ : बुढामगर

वेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ : बुढामगर

चितवन : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद भएका, वेपत्ता पारिएका योद्धाको परिवार र घाइते योद्धाहरूको अभिभावकत्व आफ्नो पार्टीले लिने बताएका छन् । बुधबार चितवन जिल्लाको जिल्ला विकास समितिको हलमा जनजक्रान्तिका महान् सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपालद्वारा आयोजित “सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व” विषय अन्तक्रियामा बोल्दै बुढाले उक्त कुरा बताएका हुन् । उनले गत फागुन २१ गते सरकार र नेकपाबीच भएको सहमतिलाई सरकारले इमान्दारपूर्वक लागू गर्नुपर्ने बताए । उनले अब आफ्नो पार्टीले व्यक्ति चुन्ने होइन की व्यवस्था चुन्नका लागि जनताको नयाँ अभिमत अभिव्यक्त गर्न तयार हुनुपर्ने बताए । बुढाले सबै सच्चा कम्युनिस्ट, वामपन्थी, देशभक्त, लोकतन्त्रवादीहरु एक हुनुपर्ने बताएका थिए ।

यसैगरी कार्यकक्रमलाई राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले जसले सहिद, वेपत्ता योद्धाहरुको सपना साकार पार्न आन्दोलन गर्छ सहिद र वेपत्ता उनीहरुको नै हुने बताए । लोहनीले मानवअधिकार नभएर जनअधिकारको लागि लड्नुपर्ने र यो राज्यले जनयुद्धका सहिद र वेपत्ता योद्धाहरूलाई द्वन्द्वका क्रममा मारिएका वा वेपत्ता पारिएका भनी अवमुल्यन गरेकाले वर्तमान सरकार र सत्ताले केही नगर्ने बताए ।

उक्त कार्यक्रममा नारायणी व्युरो इन्चार्ज शितल, रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसाल, जनस्वास्थ्य कर्मी महासंघका महासचिव डाक्टर प्रकाश चन्द, नेकपा (क्रान्तिकारी माओवादी) का अशोक शर्मा, नेकपा (माओवादी केन्द्र) की निशा न्यौपाने, राष्ट्रिय जनअधिकार अभियानकी केन्द्रीय सदस्य सरला रेग्मी लगायत मानवअधिकार कर्मीहरूले बोलेका थिए ।

कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुराले आधार पत्र प्रस्तुत गरेकी थिइन् । वेपत्ता योद्धा परिवार समाज, नेपालका अध्यक्ष रामबहादुर थापा ‘सुन्दर’ को सभापतित्वमा खुमा सुवेदीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :