पत्रकार महासङ्घको चुनावलाई प्रभावकारी बनाउने सहमति

काठमाडौँ : यहि चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको चुनावलाई प्रभावकारी बनाउन नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालबीच २ बुँदे सहमति भएको छ ।

दुई संगठनबीच महासंघको निर्वाचनलाई थप प्रभावकारी बनाउन एकआपसमा सहकार्य गर्ने सहमति भएको छ । मंगलबार बसेको दुई पार्टी निकट पत्रकार संगठनको बैठक पछि जारी विज्ञप्तिमा श्रमजीवी पत्रकारहरुको पेशागत मुद्दा, महासङ्घ भित्रको सदस्यता वितरण लगायतका समस्याहरुको समाधान, महासंघलाई वैचारिक रुपमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता लगायतका मुद्दाहरु कार्यान्वयनका लागि संघर्ष गर्ने सहमति भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :