किसान महासंघको राष्ट्रिय भेला उद्घाटन

किसान महासंघको राष्ट्रिय भेला उद्घाटन

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला सिन्धुलीको माडीमा सुरु भएको छ । नेकपा निकट किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत २४ गते सिन्धुलीको माडीमा आयोजना गरेको चौथो राष्ट्रिय भेलाको उद्घाटन नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले गरेका छन् ।

हरि श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जनपरिषद् नेपालका प्रमुख विषमले किसानको मुख्य समस्या भनेको अहिलेको दलाल संसदीय व्यवस्था भएको बताएका छन् । उनले किसानलाई मुक्ति दिने व्यवस्था भनेको नै वैज्ञानिक समाजवादी व्यवस्था भएको बताए ।

यस्तै, नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य असारे काका, जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देव नारायण साह, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की मिथिला चौहान लगायतका नेताहरूको उपस्थिति थियो । ‘दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !!’ भन्ने नारासहित हुन लागेको भेलामा देशैभरिबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।

कार्यक्रममा केन्द्रीय सामना परिवारको बेजोड सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो । त्यसै सन्दर्भमा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरूलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :