युवा संगठन नेपाल, परासीको जिल्ला भेला बैशाख १७ गते भुमहीमा हुने

युवा संगठन नेपाल, परासीको जिल्ला भेला बैशाख १७ गते भुमहीमा हुने

परासी : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, परासी जिल्लाको विस्तारित बैठक सम्पन्न भएको छ ।

सोमबार सम्पन्न बैठक नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी प्रभातको प्रमुख आतिथ्यता, प्रकाशन विभाग प्रमुख अग्निपुन्ज, जनपरिषद् परासी प्रमुख रामप्रीत, युवा संगठन नेपाल नवलपुरका दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अबिनास, चौथो जिल्ला सम्मेलन आयोजक समिति रुपन्देहीका संयोजक सन्तोषको आतिथ्यतामा र वासुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त बैठकले बैशाख १७ गते भुमहीमा जिल्ला भेला गर्ने निर्णयसहित अन्य महत्वपूर्ण निर्णय गरेको युवा संगठन नेपाल नवलपुरका दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अबिनासले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :