जनताले पूर्ण मुक्तिको चाहना गरेका छन् : विप्लव

‘चैत २४ जनता जागेको दिन’

जनताले पूर्ण मुक्तिको चाहना गरेका छन् : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चैत २४ लाई निरङ्कुश शासनको अन्त्यसँग जोडिएको दिन भएको बताएका छन् । चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले नेपाली जनता आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि जागेर विजय हासिल गरेको दिन भएको बताएका छन् ।

नेपालको इतिहासमा जनता जागेको यो दिन २०४६ सालबाट आजसम्म ३० बर्ष वितिसकेको भएपनि जनताले पूर्ण मुक्ति र स्वाधीनता नपाएको भन्दै नेकपा महासविच विप्लवले अहिलेको समयमा देश दलाल पुँजीवादी सत्ताको अत्याचार र असफलताबाट मर्माहित भएको वक्तव्यमा भनेका छन् ।

आम नेपाली जनताको चाहना आमूल परिवर्तन भएको अवस्थामा आफ्नो पार्टीले दलाल पुँजीवादी सत्तामा सुधार नभई आमूल परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । त्यसका लागि सबै कम्युनिस्ट, वामपन्थी, देशभक्त, प्रगतिशील, लोकतन्त्रवादी शक्तिहरू एकताबद्ध भएर आम नेपाली जनताको जनमतद्वारा राज्यसत्ताको फैसला गर्न तयार हुनुपर्ने कुरा वक्तव्यमा उल्लेख गरेका छन् ।

देशको भविश्य निर्माण र सबैखाले समस्याहरुको समधानकोलागि आफ्नो पार्टी सबै मित्रहरुसँग नयाँ पुस्तामा बहस र सहकार्य गर्न तत्पर रहेको कुरा पनि विप्लवको वक्तव्यमा उल्लेख छ । चैत २४ जनआन्दोलन दिवसको वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :