दलित मुक्ति मोर्चा अछामको अध्यक्षमा दिलिप

दलित मुक्ति मोर्चा अछामको अध्यक्षमा दिलिप

अछाम : दलित मुक्ति मोर्चा नेपाल अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिलिप विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा झपट विक, सचिवमा विनोद परियार, सह–सचिव नरेश नेपाली, कोषाध्यक्ष रुपक विक र अन्य सदस्यहरु छन् ।

जिल्लाको कमलबजार नगरपालिका ६ विरपथ, ठाटीखाँदमा सोमबार सम्पन्न भएको सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी अछामका इन्चार्ज तपेन्द्र तिमिल्सेना प्रमुख अतिथि रहेका थिए भने, जिल्ला सेक्रेटरी निरक शाही, जिल्ला जनपरिषद् प्रमुख पदम विक लगायतका अतिथि थिए ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि तिमिल्सेनाले दलित मुक्ति र अधिकारका लागि वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने बताए । आजको युगमा पनि जातीय विभेद र छुवाछुत जस्ता प्रथाले मानव सभ्यतालाई नै गिज्याइरहेकोले यसको अन्त्य हुनुपर्ने र समाजमा समानता र न्यायको सन्देश बोकेर जान कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :