म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

ललितपुर : म्यानमारका सेनाले गरेको त्यहाँ गरेको दमनका विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुरले पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar military fasicism ”  लगाएतका नाराहरू देखिएका प्लेकार्डहरू बोकेका थिए । अहिले विश्वका अधिकांश देशहरूले म्यानमारको सैनिक शासनका विरुद्ध आक्रोश पोखिरहेका छन् ।

हालसम्म म्यानमारको सेनाले ४३ भन्दा बढी बालबच्चाहरूको हत्या गरिसकेको र सयौँ नागरिकहरूलाई क्रुरतापूर्वक सैनिक शासकद्वारा मारिएको समाचारहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :