जनश्रमदान गर्दै नेकपा गोरखाका नेताकार्यकर्ताहरु

जनश्रमदान गर्दै नेकपा गोरखाका नेताकार्यकर्ताहरु

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोको जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत नेकपा गोरखाका नेताकार्यकर्ताहरू ताकुकोटमा जनश्रमदानमा व्यस्त छन् । नेकपाका नेताकार्यकर्ताहरुले ताकुकोट क्षेत्रमा पहिरो जाने सम्भावना रहेका ठाउँमा जाली भर्ने, वर्षायाममा भत्किएको गोरेटो बाटो मर्मत गर्ने र स्थानियको घरमा काममा सघाउने गरेका छन् ।

गत चैत ५ गते देखि सुरू भएको नेकपाको जनजागरण अभियानमा नेकपा गोरखाका इन्चार्ज, सेक्रेटरी, पुर्व सभासद सहित अन्य जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताहरू सहभागी छन् । यस अघि नेकपा गोरखाले बाह्रकिलो र दशकिलो भन्ने ठाउँमा श्रमदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :