नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँ महानगर समितिले सङ्गठनको नयाँ जिम्मेवारी लिएर आउने र जेल हिरासत मुक्त भएर आउनेहरुलाई स्वागत तथा सम्मान गरेको छ । काठमाडौँ जिल्ला इन्चार्जको नयाँँ जिम्मेवारी लिएर आएका नेकपाका नेता जीवन र सेक्रेटरीको जिम्मेवारी लिएर आउने तुल्सीनारायणलाई स्वागत तथा सम्मान गरिएको छ ।

राज्यद्वारा पार्टीमाथि लगाइएको प्रतिबन्धपछि जेल हिरासतबाट रिहा भएर आएका पार्टीका नेताकार्यकर्ताहरू शौगात, सोक्रेट्स, डियम, अदृश्य, आजाद, अविरल, सामना, समय र पहलमानलाई जिल्ला इन्चार्ज जीवन र सेक्रेटरी तुल्सीनारायणले खादा र अबिर लगाएर सम्मान गरेका छन् ।

सम्मानित सबैलाई जीवन र तुल्सीनारायणले निडर भै जेल र हिरासत मोर्चा लड्नुका साथै जेल हिरासतको मोर्चा जीतेर आएकोमा धन्यवाद र बधाई सहित आगामी कार्यकालको शुभकामना पनि व्यक्त गरे ।

आइतबार सम्पन्न नेकपाको बैठकले विगतका कामकारवाहीहरुको छलफल र समीक्षासहित महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा गरिएका निर्णयहरुलाई कडाइँपूर्वक कार्यान्वयन गर्न जिल्ला इन्चार्ज जिवन, सेक्रेटरी तुलसीनारायण, काठमाडौँ महानगर इन्चार्ज शौगातले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :