सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

बैतडी : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले देशैभरि भेला सम्मेलन तथा सङ्गठन निर्माण गरिरहेको छ । आउदो राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर क्रान्तिकारीले देशैभरि भेला सम्मेलन र सङ्गठन निर्माणको कामलाई तिव्रता दिएको हो ।

यसैबीच क्रान्तिकारीले बैतडीमा जिल्ला सम्मेलनको तयारी गरेको छ । जिल्ला सम्मेलनको तयारीस्वरुप क्रान्तिकारीले पञ्चेश्वर गाउँपालिकाको उच्च माध्यमिक विद्यालय जवलपुरमा सुनिल चन्दको अध्यक्षतामा ४१ सदस्यीय एक समिति गठन गरेको छ । अखिल क्रान्तिकारीका बैतडी संयोजक सुरेन्द्र धानुकको नेतृत्वमा जिल्ला व्यापी रूपमा सङ्गठन विस्तार गरिरहेको नेकपा बैतडी इन्चार्ज सहदेवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :