युवा सङ्गठन गोरखाको भेला सम्पन्न, अध्यक्षमा चेपाङ

युवा सङ्गठन गोरखाको भेला सम्पन्न, अध्यक्षमा चेपाङ

गोरखा : नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल गोरखाको दोस्रो भेला सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका ५ ताकुकोटमा सम्पन्ने दोस्रो जिल्ला भेलाले डम्बर चेपाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलाले उपाध्यक्षमा सुरेन्द्र गुरुङ र सचिवमा सन्देश घिमिरेलाई चयन गरेको छ ।

भेलामा बोल्दै भेलाका प्रमुख अतिथि तथा नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल भट्ट ‘प्रतिक’ ले युवाहरु परिवर्तनको संवाहक र देश विकासको धरोहर भएकाले कुनै पनि व्यक्ति र राजनैतिक दलको स्वार्थका लागि प्रयोग नहुन आग्रह गरे । उनले दलाल संसदीय व्यवस्था परिवर्तन गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि लामबद्ध हुन युवाहरूलाई आग्रह गरे । अहिलेको संसदीय व्यवस्थाले देशमा प्रयाप्त रोजगारको सिर्जना गर्न नसकेको कारण लाखौँ युवा विदेश पलायन हुन बाध्य भएको भन्दै उनले भने ‘विदेशबाट सरदर दैनिक ५ देखि ७ वटा लास नेपाल आउने गरेकोले आगामी पुस्ताले यस्तो अवस्था भोग्न नपरोस् भन्नको लागि संसदीय व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवाद ल्याउनै पर्ने आवश्यकता छ ।’

भेलामा मनाङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, नेकपा गोरखा जिल्ला सेक्रेटरी सरल, युवा संगठन नेपालका गण्डक व्युरो संयोजक नेत्र, मजदुर संगठन गण्डक व्युरो संयोज माया चेपाङ, दलित मुक्ति मोर्चाका गोरखा संयोजक चिनकाजी रसाइली, किसान संघका जिल्ला संयोजक विष्णुप्रसाद रिजाल, अनेम संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष निता चेपाङ, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक असल अतिथि थिए ।
युवा सङ्गठन नेपाल गोरखाका संयोजक डम्बर चेपाङले अध्यक्षता गर्नु भएको उक्त भेलाको सञ्चालन सन्देशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :