कञ्चनपुरमा युवा सङ्गठनको राजनैतिक प्रशिक्षण

कञ्चनपुरमा युवा सङ्गठनको राजनैतिक प्रशिक्षण

धनगढी : कञ्चनपुरमा युवा सङ्गठन नेपालको एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सम्पन्न प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन प्रमुख अतिथि थिए । बदलिएको राजनैतिक परिस्थितिमा युवा सङ्गठनको भुमिकाको विषयमा प्रशिक्षण दिँदै प्रमुख अतिथि पुनले वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा युवाहरूको भुमिका महत्वपूर्ण रहने बताए ।

युवा सङ्गठनलाई व्यापकरूपमा विस्तार गर्न निर्देशन दिँदै नेता पुनले भ्रष्टाचार, कालोबजारी, महंगी, कृत्रिम अभावले जनजिवन कष्टकर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा समसामयिक वस्तुस्थितिको बारेमा युवाहरुलाई प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :