राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषय अन्तरक्रिया

राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषय अन्तरक्रिया

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले चैत २१ गते राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजावदी व्यवस्था ? विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न दलका नेता बुद्धिजीवी एवम् स्वतन्त्र बौद्धिक व्यक्तिहरुलाई एकठाउँमा ल्याई अन्तरक्रियात्मक बहस काठमाडौँमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रगतिशील लेखक अनिल शर्मा ‘विरही’, सोही पार्टीका केन्द्रीय सदस्य एवम् वार्ता कमिटीका सदस्य दिपक चलाउने, नेपाल कम्युनिस्ट पार्टीका सह–अध्यक्ष लोकनारायण सुवेदी, वामपन्थी नेता नारयण शर्मा, राष्ट्रिय बुद्धिजीवी संगठन, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वामपन्थी बुद्धिजीवी प्रा.कृष्ण वेलवासे लेखक तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य जागृत रायमाझी र प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह के.सी. सबै वक्ताका रुपमा अतिथि थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लेखक अनिल शर्माले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, आजको समस्या व्यक्तिको भन्दा सिस्टमको हो । दलाल पुँजीवादको नेतृत्वमा आज सत्ता छ । उनीहरुले त्यो सत्ता छोड्न चाहदैनन् । हामीलाई राष्ट्रपति पद बाहेक सवै दिन्छौं तर संविधान र संसदीय प्रणालीभित्र छिर्न पर्यो भनेर आग्रह गरेका थिए । तर हामीले त्यो कुरा स्वीकारेनौँ ।’

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी तथा वार्ता टोलीका सदस्य दिपक चालउनेले पनि आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेकै गति र प्रक्रियाबाट नेपाली समाज चल्न सक्दैन । हामी सरकारसँग मात्रै वार्ता गर्दैनौँ सबै राजनीतिक दल र शक्तिसँग वार्ता गरिरहेका छौँ । हामीलाई अग्रगमनको खाका आवश्यक छ । अहिलेको राजनीतिक असफलता भनेको पुँजीवादी सिस्टमको हो । हामी परिस्थितिजन्य अवस्था र जनताको अभिलासाको कारणबाट सरकारसँग वार्ता गरी बाहिर आएका छौँ । हामी अनुुचित सम्झौता गरेर बाहिर आएका होइनौँ । अझै पनि १४८ जना हिरासतमा हाम्रा साथीहरु छन् । सरकार अझैँ पनि साथीहरुलाई रिहाई गर्न आनाकानी गरिरहेको छ । हामी जनताको मुक्ति र स्वतन्त्रताको पक्षमा छौँ । राजनीतिक गाठाहरु थुप्रै छन् । ती गाठाहरु खोल्न इमान्दारीता चाहिन्छ । पुँजीवादी राजनीतिक व्यवस्थाले आम जनताको समस्या समाधान गर्दैन । त्यसैले हामीले पुँजीवादी संसदीय बाटोको सट्टा विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अगाडि सारेका छौँ । यो व्यवस्थाले मात्र मानव जातिको भविष्य सुनिश्चित गर्छ ।’

कार्यक्रमलाई नेकपाका सह–अध्यक्ष लोकनारायण सुवेदी अत्यन्तै प्रष्टसँग कुरा राख्दै भन्नुभयो, ‘नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा जानुपर्छ । जनवादी व्यवस्थालाई फड्को मारेर वैज्ञानिक समाजवादमा पुग्न सकिँदैन । चार रणनीतिक मोर्चाबिन घनीभूत छलफल भइरहेको छ । हामै्र ४ रणनीतिक मोर्चाको छलफल बाटै विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता सम्पन्न भएको हो । वहाँहरुले हाम्रै सल्लाह बमोजिम काम गरिरहनु भएको छ । अव सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ ।’

अन्तरक्रियात्मक कायक्रममा वामपन्थी नेता नारायण शर्माले पनि आफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नुभयो, ‘औद्योगिक क्रान्ति नभई समाजवादमा पुग्न सकिँदैन । माक्र्सवादको हुवहु नक्कल गर्नुपर्छ भन्ने छैन । हामी अझैँ पनि पुँजीवादी युगमा प्रवेश गरेका छैनौँ । समस्त क्रान्तिविना समाजवाद आउँदैन । हामीलाई नेपाली मोडलको समाजवादी व्यवस्था आवश्यक छ ।’

छलफलमा जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पनि आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेको लोकतान्त्रिक पुँजीवादी शासन व्यवस्थाले हरियो पात दिएन पहेँलो पात दियो । अहिलेको शासन व्यवस्था विचौलियाको हातमा छ । न्यायपालिका समेत सरकारको प्रभावमा छ । मानव अधिकार आयोगको कुराहरु सरकार मान्दैन । हाम्रो अर्थप्रणाली समेत गलत छ ।’

राष्ट्रिय बुद्धिजीवी संगठनद्धारा आयोजना गरिएको उक्त कार्यक्रमलाई राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन, नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले पनि आफ्नो विचार राख्दै भन्नुभयो, ‘पुँजीवादको विकल्प हो वैज्ञानिक समाज छ । अहिले विश्वभरनै पुँजीवादको संकट छ । यो क्रान्तिकारीहरुका लागि राम्रो अवसर हो ।’

कार्यक्रमलाई लेखक तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारीले पनि आफ्नो मन्तव्य राख्नुभयो । उहाँले भन्नुभयो, ‘वैज्ञानिक समाजवाद अत्यन्त राम्रो व्यवस्था हो । तर अहिलेनै यो लागु गर्ने हैसियतमा छैन । कुनै पनि सिद्धान्त प्रणाली आफैँ रन गर्दैन । असल व्यक्ति आवश्यक पर्छ व्यवस्थालाई चलाउँन । विचारधाराले मात्रै मुलुकको परिवर्तन हुँदैन । हामीमा राजनीतिक शिक्षा र नैतिकताको अभाव छ ।’ कार्यक्रमा वामपन्थी बुद्धिजीवी प्रा. कृष्ण वेलवासेले आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेको व्यवस्था संसदीय व्यवस्था होइन । यो ठिमाहा व्यवस्था हो । अहिलेको व्यवस्थामा सामन्तवादी चरित्र छ । अहिलेको व्यवस्थाले श्रमलाई विस्थापित गरेको छ । कुनै पनि व्यवस्थालाई बदल्नु छ भने पहिला आफू बदलिनुपर्छ ।

उक्त कार्यक्रमलाई प्रजातान्त्रिक विचार समाजका अध्यक्ष वरिष्ठ चिकितसक डा. केदार नरसिंह के.सी. ले आफ्नो भनाई राख्दै भन्नुभयो, ‘मुलुककमा लोकतान्त्रिक आचरणका संस्कार हुन सकेन । हामी जुन परिवेशबाट आयोँ त्यहि सहि ठान्यौँ । बुद्धिजीवीहरुले समेत के गलत के सहि भन्ने विचार गर्न सकेका छैनन् । मुलुकमा अहिले पहिलेको भन्दा १० गुण भ्रष्टाचार बढेको छ ।’ कार्यक्रममा वैज्ञानिक समाजावदी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य जागृत रायमाझीले आफ्नो विचार राख्दै भन्नुभयो, ‘वैज्ञानिक समाजवादको आवश्यक तत्वहरु के के हुन् ? वैज्ञानिक समाजावदमा उत्पादक शक्ति के हुन्छ ? प्रचुर उत्पादन विना वैज्ञानिक समाजावद लागु हुँदैन । वैज्ञानिक समाजवाद विज्ञान र प्रवृद्धिमा आधारित हुनुपर्छ । आन्मनिर्भरता र स्वाधीनता विना वैज्ञानिक समाजवाद कठिन छ । दलाल पुँजीवादले अहिले उत्पादन गर्न दिइरहेको छैन ।’

उक्त कार्यक्रम नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष राजेन्द्र रेग्मीको अध्यक्षतामा भएको थियो भने नन्दलाल खरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संगठनका सदस्य विपिन पोखरेलले गर्नुभयो । फ्लोरमा उठेका प्रश्नहरुको जवाफ भने अनिल शर्मा र लोकनारायण सुवेदीले दिनुभयो । कार्यपत्र….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :