क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घ र स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घको सम्मेलन

क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घ र स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घको सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घसँग आबद्ध अखिल नेपाल क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घको सातौँं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले इश्वर बुढाथोकीको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा यादव निरौला, महासचिव रामचन्द्र थापा, सचिव विनोद सिलवाल, कोषाध्यक्ष हरि रामदाम रहेका छन् । यस्तै अन्य सदस्यहरूमा राम बन्जाडे, महेन्द्र बर्मा, ध्रुव अर्याल, विश्वास तामाङ, जानकी रावल, कमला जीसी, बिरेन्द्र सिंह थापा र भुवन थापा निर्वाचित भएका छन् ।

यस्तै अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन काठमाडाैँमा सम्पन्न भएको छ । सम्मेलनले रामचन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा जुना दाहाल, महासचिव सिर्जना सिजापतिलाई निर्वाचित गरेको छ ।

सम्मेलनमा महासङ्घका संयोजक विनोद थापा उपत्यका विषेश क्षेत्रीय समन्वय समितिको संयोजक शिशिर थापा, ललितपुर अध्यक्ष राजकुमारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :