मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज प्रकाशित

मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज प्रकाशित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित गरेको छ ।

नेकपाको पार्टी स्कुल विभाग प्रमुख भेषराज भुसालको लेखन तथा सम्पादन रहेको उक्त पुस्तकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मन्तब्य लेखेका छन् । मन्तव्यमा महासचिव विप्लवले प्रकाशित पुस्तकले सरल र आधारभूत कम्युनिस्ट ज्ञान दिने दर्शन, अर्थशास्त्र र साम्यवादलाई सरल तरिकाबाट बुझाउँन मद्दत पुग्ने भन्दै यसले असल कम्युनिस्ट बन्न चाहने, पार्टीमा नयाँ भर्ति भएका कार्यकर्ताहरुलाई बैचारिक दृष्टिकोण निर्माण गर्न सजिलो हुने विश्वास ब्यक्त गरेका छन् ।

महासचिव विप्लवले दर्शन, अर्थशास्त्र र साम्यवादलाई आम नागरिकको चासो र सरोकारको विषय बनाए मात्र साम्यवादी आर्दशले भौतिक जीवन प्राप्त गर्ने उल्लेख गरेका छन् । किताव भित्र महत्वपूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय दिवसहरु, बैज्ञानिक समाजवाद तथा साम्यवादी सिद्धान्तका प्रणेता र प्रयोगकर्ताहरुको संक्षिप्त परिचयको साथै एकीकृत जनक्रान्तिका सहिदहरुको सूची समेत उल्लेख गरिएको छ ।

यस्तै दर्शनशास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको बारेमा ३ खण्डमा विषयसूची तयार पारिएको पुस्तकले विश्वदृष्टिकोण निर्माण गर्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :